बर्दियामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु, चालक फरार
नेपाल प्रेस
२०७९ असोज १४ गते १५:१४
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।
मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।
ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर