तस्बिरमा हेर्नुस् धनकुटा हिलेको प्रसिद्ध धार्मिक धाम बक्र कुण्ड – Nepal Press

तस्बिरमा हेर्नुस् धनकुटा हिलेको प्रसिद्ध धार्मिक धाम बक्र कुण्ड

धनकुटा । धनकुटा नगरपालिका-१ हिले बजार नजिकै टिमुरे पाखामा २०६७ साउन २७ गते स्थानीयहरुले सप्तरङी नाग देखे। २८ गते धार्मिक अगुवाहरु आएर पुजापाठ गरे। २९ गतेबाट त नियमित पुजा हुन थाल्यो।

अहिले यो ठाउँको नाम र रौनकनै फेरिएको छ। बक्र कुण्ड पन्चेश्वर महादेवथानको नाममा यहाँ मन्दिर, फलैचा, रेलिङ , पैदलमार्ग र हरियाली बनाइएको छ। पार्क जस्तै यो ठाउँ आउन हिले बजारबाट पैदल १० मिनेट हाराहारी मात्रै लाग्छ।

मन्दिरको मुल गेट २०७३ माघ १ गते पूर्वी पृतना हवाइ सुरक्षा ब्याट्रीपति सेनानी तिर्थराज गौतमको अगुवाइमा निर्माण भएको छ। मुल गेट मात्रै होइन अरु पूर्वाधारका काममा नि नेपाली सेनाले सहयोग गरेको स्थानीय जितबहादुर तामाङ बताउछन् ।

मन्दिर अगाडि पसल गर्दै आएका तामाङले दैनिक २०० हाराहारी आगन्तुक आउने र छुट्टिको समयमा धेरै आउने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर