वर्षमा एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड (भिडिओ) – Nepal Press

वर्षमा एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड (भिडिओ)

काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११ः३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७ः३५ बजे यात्रा गराइने छ । बिहान ८ः४७ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर