दसैँमा ट्राफिक कारबाही: मापसे गरेर सवारी चलाउने १६२ चालक परे फन्दामा
काठमाडौं । ट्राफिक प्रहरीले दसैँ लक्षित चेकजाँच कडा बनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ७४८ जना चालकहरूलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
जसमा मदिरा पिएर सवारी साधन चलाउने १६२ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६७ जनालाई कारबाही गरेकाे छ ।
यस्तै एकतर्फी सडकमा सो विपरित चलाउने ४४ जना, फुटपाथमा पार्किङ गर्ने ४३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने पनि २३ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १७ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने २२, रातो बत्तीको उल्लङ्घन गर्ने १८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ११ जना चालकहरू रहेका छन् ।