काठमाडौंका नदीमा बहाव बढ्यो (तस्बिरहरू)
२०७९ असोज २० गते १५:५०
काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जल सतह उल्लेख्य बढेको छ ।
खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ ।
यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ ।
उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर