कांग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमाको दिन दसैं चियापान नगर्ने
नेपाल प्रेस
२०७९ असोज २१ गते १२:३३
काठमाडौं । नेपाली कांग्रेसले ३६ वर्षदेखि विजया दशमीको अवसरमा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । बीपी कोइरालाले थालेको कोजाग्रत पूर्णिमाको दिन गरिने चियापान यो वर्ष नहुने कांग्रेसले जनाएको छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोजाग्रत पूर्णिमाकै दिन उम्मेदवारी मनोनयन परेकाले शुभकामना आदानप्रदान तथा चियापान नगर्ने बताएका छन् ।
प्रतिक्रिया