स्वास्थ्यमा समस्यापछि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा
नेपाल प्रेस
२०७९ असोज २२ गते ११:४८
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिरहेका छन् र रगतको रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । परीक्षण रिपोर्टपछिमात्र के भएको हो भन्न सकिने अस्पतालका निर्देशक डा.निरज बहादुर बमले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर