भीम रावललाई टिकट नदिएको भन्दै क्षेत्रीय संयोजकले दिए राजीनामा
कैलाली । एमाले नेता भीम रावललाई अछाम १ मा टिकट नदिएको भन्दै क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् ।
भाद्र १९ गते निर्वाचन क्षेत्रीय कमिटीको बैठकले एकल नाम पठाउँदा पनि पार्टीले टिकट नदिएपछि आफूले राजीनामा दिएको उनले बताए ।
‘उहाँको एकल नाम हामीले पठाएका थियौँ तर, टिकट पाउनु भएन’ उनले नेपाल प्रेसलाई भने ‘त्यही भएर मैले पार्टी जिल्ला कमिटीमा राजीनामा पेस गरेको हु ।’
उनले पार्टी को उक्त निर्णयको जिल्लामा चर्को विरोध भइरहेको समेत बताए । यस अघि सोही क्षेत्रबाट निर्वाचित एमाले नेताको नाम सिफारिस नभएको व्यक्तिलाई टिकट दिएको भन्दै अन्यले पनि राजीनामा बुझाउने क्रम जारी रहेको उनले बताए ।
एकल सिफारिस भएका रावलको नाम काटेर केन्द्रले जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गरेको थियो । ‘उहाँले (झपट बोहरा) पहिलाबाटै लड्दिन भन्नु भएको थियो । हामीले अन्य व्यक्तिको नाम पनि सिफारिस गर्ने थियौ त’ उनले भने ‘एकल नाम पठाइएको व्यक्तिले टिकट नपाउने कुरा त ठिक नभए नि’