खिमलाल राष्ट्रिय सभामै रोकिए, रुपन्देही ५ मा बासुदेव घिमिरेले पाए एमालेको टिकट
नेपाल प्रेस
२०७९ असोज २२ गते १७:२८
रूपन्देही । नेकपा एमालेले रूपन्देही क्षेत्र नं ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
घिमिरे केन्द्रीय स्थानीय विभाग सदस्य, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् ।
यसअघि रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए । क्षेत्र नं ५ मा यसअघि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको नाम एकल सिफारिस भएपनि उनको कार्यकाल बाँकी रहेकाले पार्टीले उनलाई रोकेको हो ।
नेता घिमिरेले उम्मेदवारीका विषयमा सुनेपनि आधिकारिक पत्र नपाएको नेपाल प्रेसलाई बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर