आफ्ना सहकर्मीबारे घनश्यामको टिप्पणी- १० बुँदेको स्पिरिट छाड्नेले टिकट पाए, हाम्रो कत्लेआम भयो (भिडिओ) – Nepal Press

आफ्ना सहकर्मीबारे घनश्यामको टिप्पणी- १० बुँदेको स्पिरिट छाड्नेले टिकट पाए, हाम्रो कत्लेआम भयो (भिडिओ)

‘सधैँ अपमानित भएँ, तर छलफल गर्ने कुनै ठाउँ पाइनँ’

काठमाडौं । नेकपा एमाले परित्यागको घोषणा गरेको नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अपहरण गरेको आरोप लगाएका छन् ।

टिकट नपाएपछि एमाले छाडेका नेता भुसालले ओलीसँग आफ्नो विभिन्न कुरामा फरक मत भएपछि इर्स्याको रूपमा लिएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘कमरेड ओलीसँग मेरो विचार सिद्धान्त, संगठनात्मक सिद्धान्त: हाम्रो मुलुक भूराजनीति विषय लगायतमा फरक मत थियो । त्यसलाई उहाँले व्यक्तिगत इर्स्याको रुपमा लिनुभयो । मैले अन्तिमसम्म भने । तर, मेरो कुरा सुनिएको भए मैले यस्तो निर्णय लिन पर्दैनथ्यो ।’

क्रान्तिको सिद्धान्तलाई व्याख्या गर्दा समेत आफूले शान्तिपूर्ण रूपमा गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । आफूले व्यक्तिगत कुनै स्वार्थ नभएर पार्टीलाई विधिमा चलाउन खोज्दा एमालेमा कुनै सम्भावना नदेखेको उनको बुझाइ छ ।

उनले भने, ‘विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपर्‍यो । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ । मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो ।’

आफूले व्यक्तिगत रूपमा कुनै राजनीतिक निर्णय नगरेको बताए ।

‘अहिलेको निर्णय १० बुँदेहरूले घुँडा टेक्नुपर्छ भन्ने जस्तै अराजनीतिक प्रचार गराएर जे गर्न खोजिएको छ । त्यसैले त्यो कुरा गलत हो । पार्टीलाई विधि र विधान अनुसार चलाउनुपर्छ भनेको हो ।

यसअघि पनि आफूहरूलाई बाहिर राखेर ओलीले ढोका बन्द गरेको आरोप लगाए ।

दश बुँदे समूहकै दुईजना बाहेक अरु सबैले टिकट पाएकोबारे पत्रकारले सोधेको प्रश्नमा उनले जसले १० बुँँदेको स्पिरिट बोले उनीहरुलाई टिकट नदिइएको बताए । भुसालले टिकट पाउँनेहरुले दश बुँदेको स्पिरिट छाडेको भन्दै अरुमाथि कत्लेआम गरिएको बताए ।

उनले भने, ‘१० बुँदेको स्पिरिटमा कुरा गरिरहेकालाई टिकट दिइएन। १० बुँदे भनेको १० भाइ मात्रै होइन नि । अरू पनि पार्टी सांसदहरू थिए । पढेलेखेका राम्रा थिए । उत्तिकै लागेका साथीहरू थिए तिनीहरू पनि जुन १० बुँदेको स्पिरिट छाड्नेहरूले टिकट पाए । हाम्रो कत्लेआम भयो ।’

उनले माओवादीबाट चुनाव लड्ने भन्ने कुरामा सत्यता नभएकाले आगामी यात्राबारे टुंगो नलागेको प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर