स्वर्णिमलाई काठमाडौं ४ छाडेर गगन सर्लाही जाने तयारी : देउवामाथि दबाब कि स्वनिर्णय ? – Nepal Press

स्वर्णिमलाई काठमाडौं ४ छाडेर गगन सर्लाही जाने तयारी : देउवामाथि दबाब कि स्वनिर्णय ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले लगातार दुई पटक जितेको काठमाडौं क्षेत्र नम्बर ४ छाडेर सर्लाही ४ मा चुनाव लड्ने भएका छन् ।

कांग्रेसको टिकट अझै टुंगिसकेको छैन तर गगन निकट स्रोतले भने उनी सर्लाही ४ जान लागेको जनाएको छ ।

शेरबहादुर देउवा स्वर्णिम वाग्लेलाई कतैबाट पनि टिकट दिन नचाहेपछि गगनले आफ्नो क्षेत्र स्वर्णिमलाई छाडेर सर्लाही ४ मा जाने बताएका छन् ।

उनले यो कुरा देउवालाई दबाबमा पार्न गरेका हुन् वा साँच्चिकै भन्ने अझै टुंगो लागिसकेको छैन ।

सर्लाही ४ मा अमरेशकुमार सिंहलाई रोकेर स्थानीय कांग्रेसले गगन थापाको नाम सिफारिस गरेको थियो भने जिल्लाका नेताहरू मधेसबाट चुनाव लड्न आग्रह गर्दै डेलिगेसन समेत आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर