कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला
हेटाैँडा । मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।
हेटौंडा ५ स्थित पुष्पलाल पार्क नजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताहरुले कमल थापालाई उम्मेदवार बनाउने निर्णयकाेविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।
२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिबार) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।
जोड घटाउका कारण हुन पुगेको छ, राजनीति तर्फ दूरगामी छलाङको लागि निर्णय भएको हुन सक्छ, कार्यकर्ताहरूले चित्त बुझाउने ठाउँ छन्, धन्यवाद ।