पूर्व संघीय सांसद छक्क लामाले प्रदेश सभामा दिए उम्मेदवारी – Nepal Press

पूर्व संघीय सांसद छक्क लामाले प्रदेश सभामा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका हुम्लाका पूर्वसांसद छक्कबहादुर लामाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनले हुम्ला १ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार दिएका हुन् ।

हुम्लामा हिमपात भएकाले काठमाडौंबाट नै लामाले आयोगको केन्द्रीय कार्यालयबाट नै उम्मेदवारी दर्ताको कागजात पेस गरेको उनले नेपालप्रेसलाई बताए ।

उनको कागजात आयोगले हुम्ला पठाउने छ । यसअघि स्वतन्त्र उम्मेदवार उठेका उनीको रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी केही दिन अघि एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर