दुई दिनदेखि पहिरोले अवरुद्ध भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन – Nepal Press

दुई दिनदेखि पहिरोले अवरुद्ध भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन

रुपन्देही । दुई दिनदेखि पहिरोले अवरुद्ध भएको भालुवाङ–प्युठान सडक खुल्न नसक्दा दशैँमा गाउँ पुगेकाहरु गन्तव्यमा फर्कन पाएका छैनन् । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ । सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक अवरुद्ध गरेको छ । बाटो नखुल्दा दशैँमा प्यूठान, रोल्पा पुगेकाहरु गन्तव्यमा फर्कन पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर