सूर्यबाट चुनाव लड्न कमल थापाको उम्मेदवारी दर्ता

२०७९ असोज २३ गते १४:०३

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका चिह्न सूर्यबाट चुनाव लड्ने तयारी गरेका थापाले मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपामा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएपछि उनले राप्रपा नेपाल ब्युँताएका थिए ।
राप्रपाको नेपालको चुनाव चिह्न तीर भए पनि उनले एमालेको समर्थनमा चुनाव लड्न सूर्य रोजेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर