चितवन २ बाट रवि लामिछानेको उम्मेदवारी दर्ता


काठमाडौं । रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्न उनी आजै चितवन पुगेका थिए ।
उम्मेदवारी दर्तापछि लामिछानेले समाज परिवर्तनको योजना बोकेर चितवन पुगेको बताएका छन् । आफ्नै सहकर्मी चूडामणि पुडासैनीको आत्महत्या दुरुत्साहनमा चितवन पुगेका रविले त्यो समयको स्मरण पनि गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्क्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर । मंसिर ४ का लागि चितवन-२ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी ।’