राष्ट्रपति भेटेपछि कानूनमन्त्री गोविन्द बन्दीको राजीनामा – Nepal Press

राष्ट्रपति भेटेपछि कानूनमन्त्री गोविन्द बन्दीको राजीनामा

काठमाडौं । कानूनमन्त्री गोविन्द बन्दीले पदबाट राजीनामा दिएका छन् । सांसद सदस्य नरहेका व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नमिल्ने भएकाले उनले राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रतिनिधिसभा नरहेको र आफू पनि सांसद नभएको भन्दै राजीनामा नदिएर चुनावसम्म मन्त्री रहन सकिने बताएका थिए ।

तर, बन्दीले नैतिकताको पनि कुरा हुने भन्दै राजीनामा दिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर