बाढी पहिरोमा परी लुम्बिनीमा १५ जनाको मृत्यु
नेपाल प्रेस
२०७९ असोज २३ गते १६:१७
रुपन्देही । पाँच दिनदेखि परेको वर्षापछि आएको बाढी पहिरोमा परेर लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका छन् ।
लुम्बिनीका १२ जिल्लामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
कार्यालयका अनुसार बाढी पहिरोमा परी ४ जना घाइते भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर