गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउँछुः प्रधानमन्त्री देउवा – Nepal Press

गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउँछुः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई नेपालमै लगानी गर्ने वातावरण सरकारले मिलाउने
आश्वासनसमेत दिए ।

उनले भने, ‘तपाईंहरुले उठाउँदै आइराख्नुभएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैरनागरिकतासम्बन्धी ऐनमा संशोधन गराउँछु ।’

संसारमा फैलिएर रहेका प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन प्रधानमन्त्री देउवाले आह्वान गरे । नेपालाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर