लघुवित्त संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन (फोटो फिचर) – Nepal Press

लघुवित्त संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । लघुवित्तीय संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन भएको छ । लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंको माइतीघरमा प्रथम भेला आयोजना गर्दै प्रदर्शन गरेकाे हाे । उनीहरुले सरकारसमक्ष पाँच बुँदे माग समेत राखेका छन् ।

समितिले नेपाल सरकारसमक्ष नवसामन्ती रुपमा स्थापित लघुवित्त संस्थाको खारेजी, लघुवित्तद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था तथा समाजवादी अर्थतन्त्रको विकासको माग राख्दै भेला आयोजना गरेको हो ।

तस्बिरहरुः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर