चिनियाँ राजदूत यान्छीले गरिन् परराष्ट्रमन्त्री खड्कासँग बिदाइ भेट

२०७९ असोज २५ गते १५:५३

काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बिदाइ भेट गरेकी छन् ।
परराष्ट्रमन्त्रीको कार्यकक्षमा आज उक्त बिदाइ भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत यान्छीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाइ भेट गरेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर