सत्यमोहन जोशीको स्वास्थ्यमा सुधारोन्मुख : किष्ट अस्पताल – Nepal Press

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधारोन्मुख : किष्ट अस्पताल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट अस्पतालमा उपचारारत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छातीको निमोनिया संक्रमण नियन्त्रणको लागि दिइएको एन्टिबायोटिक्स कोर्स जारी छ, अझै उहाँको सघन उपचार कक्षमा नै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।’

मुटुको चालसम्बन्धी समस्यामा देखिएको भएपनि अहिले सामान्य सुधार हुँदै आएकोे अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *