सनराइज बैंकको १५औं वार्षिकोत्सवमा साइकल र्‍याली र रक्तदान – Nepal Press

सनराइज बैंकको १५औं वार्षिकोत्सवमा साइकल र्‍याली र रक्तदान

काठमाडौं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा साइकल र्‍याली गरेको छ ।

‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरीधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुनः प्रधान कार्यालयमा समापन गरिएको थियो ।

३५० जनाभन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाँच्न सन्देशसमेत दिएको थियो ।

यसैगरी बैंकले रक्तदान कार्यक्रमसमेत गरेको छ ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिकोत्सव मनाइरहेको बैकले ८ लाखभन्दा बढी ग्राहकलाई १३९ वटा शाखा, ९७ वटा शाखारहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर