वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई काम गर्न दिन सर्वोच्चको आदेश – Nepal Press

वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले अधिकारीलाई निगमको अध्यक्षमा कामकाज गर्न यसअघि एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सरकारले गत असार ६ गते अधिकारीलाई निलम्बन गरेलगत्तै अधिकारी सर्वोच्च पुगेर अल्पकालीन आदेश लिएका थिए । मंगलबार न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर