महिला क्रिकेटः सम्झनाको अर्धसतकमा पुलिसको फराकिलो जित – Nepal Press

महिला क्रिकेटः सम्झनाको अर्धसतकमा पुलिसको फराकिलो जित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा प्रदेश १ लाई १ सय १८ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रनको विशाल योगफल तयार पारेको थियो ।

पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ४० रन मात्रै बनायो ।

पुलिसका लागि सम्झना खड्काले उत्कृष्ट अर्धसतकिय इनिङ खेलिन् । उनले ४३ बलमा १० चौकासहित सर्वाधिक ६० रनको योगदान गरिन् ।
यस्तै, ओपनर कविता कुँवरले ३७ रन बनाउँदा अप्सरी वेगम २१ र कप्तान रुविना क्षेत्री १६ रनमा अविजित रहे ।
प्रदेश १को वलिङमा निशा शाहले एक विकेट लिइन् ।

प्रदेश १ को ब्याटिङमा ओपनर लकिताराजवंशी र कप्तान सनु राजवंशीले समान ११ रन बाहेक अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
पुलिसकी हिरान्मयी रायले सबैभन्दा धेरै तीन विकेट लिइन । उनले तीन ओभरमा एक मेडनसँगै ६ रन खचिइन् ।
यस्तै, सबनम राई, कविता कुँवर र कविता जोशीले समान एक विकेट लिए ।
समूह बी अन्तर्गत पहिलो खेलमा कर्णाली प्रदेशलाई डिएल मेथडमा ६३ रनले पराजित गरेको पुलिसले दुई खेलमा ४ अंक जोड्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ । समूह चरणको अन्तिम खेलमा पुलिसले बिहिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *