ओलीलाई रावलको प्रश्न- प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय अस्पतालमा बिताउनेलाई किन टिकट चाहियो ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । अछाम १ बाट सर्वसम्मत सिफारिस हुँदा पनि ओलीले टिकट नदिएपछि रावलले असन्तुष्टि पोखेका हुन् ।
उनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ओलीप्रति आक्रामक हुँदै भने, ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसद्मा अत्यन्त संवेदनशील विषयमा सहभागी नहुने । आफूलाई बोल्न मन लगेको बेलामा अरूलाई उपस्थित हुन उर्दी जारी गर्ने । झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने। तर, निरन्तर देश र संसद्मा सक्रिय भूमिका खेल्दा उम्मेदवार हुन नपाउने किन ?’
नयाँ अवसरलाई दिएको भए ओली र उनी निकट किन दोहोरिएको भन्दै प्रश्न समेत गरे ।
मोदीको चम्चेको भाषा हेर न ।नक्कली हो यो । एमालेमा एक घण्टा पनि राख्न सुहाउँदैन ।