गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको गठबन्धनको बैठकले सात वटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
गठबन्धन दलहरुको संयुक्त अपिल प्रकाशनका लागि चार सदस्यीय मस्यौदा समिति गठन समेत गर्ने निर्णय भएको छ । समितिमा कांग्रेसबाट प्रकाश शरण महत,माओवादी केन्द्रबाट हितमान शाक्य,नेकपा एसबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।
बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने र प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
ठगबन्धनले जे गरेपनि देश ठग्ने हो ।