संरचना भत्काउन गएको महानगरको डोजरबाट सडक भत्किएपछि…
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलायो ।
महानगरले थापाथली क्षेत्रमा बनेको रुद्रेश्वर महादेवमा रहेको पुजारीको घर, क्रियापुत्री भवन लगायतको अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो ।
महानगरका कर्मचारीले अवैध संरचना हटाउन नसक्ने भएपछि नगरप्रहरीसहित डोजर पनि सँगै लैजाने गरेको छ । अनधिकृत संरचना हटाउन डोजर प्रयोग गर्दा डोजरको लोडको कारण उल्टै सडकमा क्षति पुगेको छ ।
डोजरको स्टयान्डको चापले सडकमा ठाउँठाउँमा खाल्डा परेका छन् भने सडक केही भासिएको छ । डाेजरकाे लाेडले भत्काएकाे सडक मर्मत नगरेकेहीदिनमा पानी जमेर पुरै सडक विग्रने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।