साढे १३ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी – Nepal Press

साढे १३ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ । उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *