गत २४ घण्टामा थप एक हजार ७८७ जनामा डेंगु संक्रमण, दुईजनाको मृत्यु – Nepal Press

गत २४ घण्टामा थप एक हजार ७८७ जनामा डेंगु संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर