बिरोधबारे महेशको टिप्पणी- उहाँसँग २० वर्ष सांसद भएको अनुभव बाहेक केही छैन
हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिभिसभा सदस्यको उम्मेदवार बनेका महेशकुमार बर्तौलाले प्रतिस्पर्धी गठवन्धनका उम्मेदवार बिरोध खतिवडामाथि टिप्पणी गरेका छन् ।
नेकपा एमाले विभाजनपछि एकिकृत समाजवादीमा लागेका खतिवडा छैठौँ पटक मकवानपुरबाट प्रतिनिधिसभामा उम्मेदवार बनेको सबालमा बर्तौलाले खतिवडासँग २० वर्ष सांसद बन्नु बाहेक अन्य कुनै सम्झन लाएका काम नभएको बताएका छन् ।
आफुसँग हालसम्म संसदीय अनुभव नभएको तर मकवानपुरे जनताको सेवा गर्ने उल्कट अभिलाषा र इच्छाशक्ति रहेको बताए । उनले भने,‘तर उहाँ (खतिवडा) सँग पाँच पटकको सांसद भएको अनुभव बाहेक केही छ्रैन । उहासँँग काम गर्ने इन्छाशक्ति पनि शुन्य छ ।’
शनिबार सामजिक सञ्जाल फेसबुक मार्फत बर्तौलाले लेखेका छन् ,‘सम्पूर्णमा नमस्कार,
म सँग संसदीय अनुभव त छैन, तर मकवानपुरे जनताको सेवा गर्ने उत्कट अभिलाषा र गहिरो इच्छाशक्ति छ।
आदरणीय उहाँसँग २० बर्ष साम्सद भएको अनुभव मात्रै छ, साम्सद भएर जिल्लाको बिकासमा के के गर्नुभयो भनेर त नसोधौं तर उहाँ सँग काम गर्ने इच्छाशक्ति पनि शुन्य नै छ ।
त्यसैले मकवानपुरको बिकास र समृद्धिको लागी मात्रै होइन राष्ट्रिय राजनीतिमा मकवानपुरको पहिचान र बेजोड उपस्थितिका लागि समेत मेरो देखिने गरि भुमिका हुनेछ । मकवानपुर क्षेत्र नम्बर २ मा सुर्य चिन्हबाट मेरो उम्मेद्बारी नै यसका लागी हो। न्यायको फैसला हजुरहरुकै हातमा ।