आजदेखि टी-२० विश्वकप, यस्तो छ नेपालको यात्रा – Nepal Press

आजदेखि टी-२० विश्वकप, यस्तो छ नेपालको यात्रा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको आठौं संस्करण आइतबारदेखि अस्ट्रेलियामा सुरु भएको छ । पहिलो चरणमा ८ टोलीले दुईवटा समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् भने त्यहाँबाट चार टोलीले दोस्रो चरण अर्थात सुपर(१२ को यात्रा तय गर्नेछन् ।

पहिलो चरणको समूह ‘ए’ मा नामिबिया, नेदरल्यान्ड्स, श्रीलंका र यूएई रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज र जिम्बावे छन् ।

नेपालसँग पनि टी-२० विश्वकप खेलेको अनुभव छ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको संस्करण खेलेको थियो । त्यसयता भने नेपालले टी-२० विश्वकप खेल्न सकेको छैन ।

यसपटक वरियताका आधारमा नेपालले सोझै विश्वस्तरको छनोट खेल्ने अवसर पाएको छ । विश्वस्तरको छनोटअन्तर्गत क्लालिफायर- एमा ८ टोलीले प्रतिस्पर्धा गरेकामा नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगे पनि सेमिफाइनलमा यूएईसँग पराजित भएर विश्वकपमा छनोट हुनबाट चुकेको थियो । क्वालिफायर- एका फाइनल पुग्ने दुवै टोली विश्वकपमा पुग्ने थिए ।

नेपालले यसअघि सन् २०१४ मा स्मरणीय यात्रा तय गरेको थियो टी-२० विश्वकपमा । पहिलो चरणमा नेपालले तीन खेलमध्ये दुईवटामा जीत हात पारे पनि सुपर-१२ पुग्न सकेको थिएन । अफगानिस्तान र हङकङलाई हराएको नेपाल अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि अगाडि बढ्न असफल भएको थियो ।

बंगलादेशसँग समान अंक भए पनि नेटरनरेटका आधारमा नेपाल अगाडि बढ्न सकेको थिएन । सिनियरस्तरको विश्वकपमा नेपालको त्यो पहिलो सहभागिता अनुभव थियो । यसपटक अघिल्लो विश्वकपमा सुपर-१२ खेलेका सबै टोलीलाई सोझै छनोट गराएको थियो । तीमध्ये वरियतामा शीर्ष ८ मा रहेकालाई सोझै सुपर-१२ मा स्थान दिइएको छ । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्ड सोझै सुपर-१२ मा खेल्दैछन् ।

हालसम्म यो प्रतियोगिता वेस्ट इन्डिजले दुई तथा श्रीलंका, भारत, पाकिस्तान, अस्ट्रेलिया र इङ्ल्यान्डले एकएक पटक जितेका छन् । गत वर्ष आयोजित अन्तिम संस्करणमा न्युजिल्यान्डलाई ८ विकेटले हराएर अस्ट्रेलिया विजेता बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *