तरुण दललाई देउवाको निर्देशन- लाग लाग गठबन्धनका उम्मेदवार जिताउन लाग – Nepal Press

तरुण दललाई देउवाको निर्देशन- लाग लाग गठबन्धनका उम्मेदवार जिताउन लाग

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले तरुण दललाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन् । तरुण दल अध्यक्ष विद्धान गुरुङले सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेटका थिए ।

देउवाको भनाइ उदृत गर्दै भेटका सहभागीले भने– प्रधानमन्त्री तथा पार्टी सभापतिल उहाकै शैलीमा “लाग लाग उम्मेदवार जिताउन लाग “भनेर भन्नुभयो । हामी पनि पनि निर्देशन लिएर फक्र्यौ ।

भेटमा तरुण दल अध्यक्ष गुरुङले नजिकिदै गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सम्पुर्ण तरुण शक्ति परिचालित गर्ने जानकारी गराएका थिए । उनले केही दिनभित्रैबाट आफू देश दौडामा निस्किने र सकेसम्म हरेक निर्वाचन क्षेत्रमा पुग्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर