ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड (भिडिओ) – Nepal Press

ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वसभामुख तथा काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीलाई मन्त्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘तपार्ईहरुले उहाँलाई जिताएर पठाउनुस्। म यहाँको विकासलाई उहाँलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्ति गर्छु ।’

ओनसरीलाई आफूले विश्वास गरेर सभामुखको जिम्मेवारी समेत बनाइसकेको बताए । उनले कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न हात नकमाउन आग्रह गरे ।
उनले भने, ‘हामी निरंकुशताको विरुद्ध १२ बुँदे हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै प्रतिगमनविरुद्ध एकजुट भएका छौँ ।’


प्रतिक्रिया

One thought on “ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड (भिडिओ)

  1. मन्त्री बनाएर जनताले के पाउने ? उनले कमाउछिन तिमीलाई पनि बुझाउछिन । जनता लाई त केही न केही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर