पार्थिव शरीर दान दिइएपछि सत्याेहन जाेशीकाे जन्मकुण्डली जलाइयाे
नेपाल प्रेस
२०७९ असोज ३० गते २०:०६
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिएपछि उनको जन्म कुण्डली वागमती घाटमा जलाइएको छ ।
जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जन्मकुण्डली जलाएका हुन् ।
नेपालका धरोहरका रुपमा रहेका उनको आज बिहान निधन भएको थियो ।
तस्बिर : गिरीश गिरी
प्रतिक्रिया