फूल टिप्न किसानहरूलाई चटारो (तस्बिरहरू) – Nepal Press

फूल टिप्न किसानहरूलाई चटारो (तस्बिरहरू)

काठमाडौं । देशको विभिन्न स्थानमा धान खेतीका साथै नगदे बालीका रूपमा फुल खेती गर्ने प्रचलन बढेको छ । कहीँ कतै त धान खेती लाई छोडेर फूल खेती मात्र गर्ने गरेको नि पाइन्छ ।

फूल खेती गर्न सहज र तिहारको बेला राम्रो मूल्य पाउने भएकाले यो खेती गर्ने प्रचलन बढेको हो । सयपत्री र मखमली फुल तिहारमा माला गाँस्न प्रयोग गरिने प्रमुख फूल हुन ।

मखमली फूल सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल लामो समय सम्म ओइलिँदैन त्यसैले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । मखमलीको माला तिहारमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

मखमलीको माला नओइलाउने भएकाले दसैँ सकिए लगत्तै फूल टिप्न सुरु गरेको र धमाधम माला गाँसिरहेको फूल व्यवसायीहरुले बताए । अहिले पनि केहि किसानहरूलाई फूल टिप्ने चटारो भने कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *