बैंकको ब्याजविरुद्ध संगठित आवाज उठाउँदै रुपन्देहीका उद्योगी व्यवसायी – Nepal Press

बैंकको ब्याजविरुद्ध संगठित आवाज उठाउँदै रुपन्देहीका उद्योगी व्यवसायी

रुपन्देही । रुपन्देहीका उद्योगी व्यवसायीका अगुवाहरुले बैंकको व्याजदर घटाउन सरकारसँग माग गरेका छन्।एक वर्ष अघि सम्म आठ प्रतिशतमा रहेकको ऋणको व्याज अहिले १६ प्रतिशत भएकाले तत्काल घटाउनु पर्ने उद्योगी व्यवसायीको माग छ।

रुपन्देही उद्योग संघको सोमबार साधारण सभामा बोल्ने उद्योगी व्यवसायीका अगुवाहरुले सरकारले चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए।

सरकारले नीजि क्षेत्र तथा उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको बताउँदै उनीहरुले जिम्मेवारी पूरा गर्न नसकेकाले देशको अर्थतन्त्र कमजोर भएको बताए। उनीहरुले सरकारको गैरजिम्मेवार व्यवहार र बैंकहरुकोे चर्को व्याज तिरेर उद्योगहरु जोगाउन नसकिने अवस्था आएको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नीजि क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने दावी गरे।उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकार र राजनीतिक दलले बुझ्न नसकेकाले आज नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको बताए।

नेपाल राष्ट्र बैंकको कार्यविधि नीजि क्षेत्रका लागि बाधक छ, दैनिक रुपमा बढेको चर्को व्याज तिरेर उद्योगहरु धान्न सक्ने अवस्था छैन, यस्तै अवस्था रहे बैंकका विरुद्व विद्रोह गर्ने आउनसक्छ– अधिकारीले भने।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योगी व्यवसायीका समस्या राज्यतहबाट समाधान गरिनुपर्ने बताउँदै स्थानीय सरकार उद्योगीमैत्री बन्ने बताए।

नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहेपनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताए। आलमले व्याज बढाइरहने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले संरक्षण गरेको बताउँदै बैंकहरुबिरुद्व आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर