नेपालमा छायाँकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर रिलिज (भिडिओसहित) – Nepal Press

नेपालमा छायाँकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर रिलिज (भिडिओसहित)

काठमाडौं । नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर रिलिज भएको छ । सुरज आर बर्जातियाको निर्देशन तथा राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, परिणिती चोपडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलरमार्फत चलचित्रले आफ्नो साथीलाई अन्तिम श्रछाञ्जली प्रकट गर्न साथीको अस्तु सगरमाथामा विसर्जन गर्न निस्केका तीन वृद्धको यात्रा र सो क्रममा उनीहरुले भोग्न परेको संघर्षको विषयवस्तुलाई प्रस्तुत गरेको अनुमान लगाउन सकिन्छ ।

झण्डै तीन मिनेट लामो ट्रेलरमा नेपालका दृश्यहरुले राम्रो स्क्रिनटाइम पाएको देख्न सकिन्छ । उचाइ टीमले केही समय अगाडि झन्डै डेढ महिना नेपालमा छायाँकन गरेको थियो । चलचित्र आगामी नोभेम्बर ११ देखि विश्वभर एकै साथ प्रदर्शनमा आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर