देवशंकर र रमेश बस्नेत हाम्रा उम्मेदवार होइनन्, रामेछापमा नेकपा एस गठबन्धनमा छैन : श्रेष्ठ (भिडिओ) – Nepal Press

देवशंकर र रमेश बस्नेत हाम्रा उम्मेदवार होइनन्, रामेछापमा नेकपा एस गठबन्धनमा छैन : श्रेष्ठ (भिडिओ)

रामेछाप । पाँचदलीय सत्ता गठबन्धनमा रामेछापमा पुग्दा दुईदलीय भएको छ । नेकपा एकीकृत समाजवादीले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका तीनमध्ये एक सीट पनि नपाएपछि तीनवटै पदमा बेग्लै उम्मेदवारी दिएकाले कांग्रेस र माओवादीले उनीहरू गठबन्धनमा उम्मेदवार नभएको प्रष्टीकरण दिँदै गाउँ पसेका छन् ।

चुनावी अभियानका क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ पुगेका गठबन्धनका नेताहरूले नेकपा एसका उम्मेदवार देवशंकर पौडेल र रमेश बस्नेत गठबन्धनबाहिरका उम्मेदवार भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । पौडेल प्रतिनिधिसभा र बस्नेत प्रदेशसभा १ का उम्मेदवार हुन् ।

बुधबार आयोजित कार्यक्रममा निवर्तमान सांसदसमेत रहेका माओवादी जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठले केन्द्रमा पाँच दल र जिल्लामा तीन दल रहे पनि नेकपा एसले भाग नपाएपछि रामेछापमा गठबन्धनबाट बाहिरिएको बताए ।

उनले भने, ‘यहाँ भ्रम फैलाउन सक्छ एमालेले, गठबन्धनको उम्मेदवार देवशंकर पो हो रे, कान्छाराम तामाङ होइन भनेर । रमेश बस्नेत पो हो, तारानारायण श्रेष्ठ होइन भनेर । तर, उहाँहरू गठबन्धनको उम्मेदवार होइन, वागमतीमा ५ जिल्लामा नेकपा एसले भाग नपाएपछि उहाँहरू उम्मेदवार भएर हिँड्नुभएको छ तर भ्रममा नपरौं । यहाँ माओवादी केन्द्र र कांग्रेसको मात्र गठबन्धन छन् ।’

सोही कार्यक्रममा कांग्रेस उम्मेदवार कान्छाराम तामाङले जुन वडाबाट धेरै भोट आउँछ त्यो वडामा आफूले धेरै विकास गर्ने भन्दै कम भोट दिने वडामा विकास पनि कम हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर