मन्थलीमा १६ लाख नगद र १२ लाखको चेकसहित खानेपानीका दुई कर्मचारी पक्राउ – Nepal Press

मन्थलीमा १६ लाख नगद र १२ लाखको चेकसहित खानेपानीका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाइ डिभिजन ४ बागमती प्रदेशका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाखको चेकसहित पक्राउ गरेको छ ।

बुधवार दिउँसो उनीहरूलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। मन्थली १ स्थित कार्यालयसँग जोडिएको सत्यालको निवासमा घुस लिइरहेको अवस्थामा अख्तियारले छापा मारेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर