बालबालिकालाई जुकाको औषधी र भिटामिन ए खुवाइयो (तस्बिरहरू)
काठमाडौं । आजदेखि दुई दिन देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउन थालिएकाे छ ।
वडामा रहेका खोप केन्द्र, स्वास्थ्य संस्था, गाउँघर क्लिनिकहरूमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइएको हो ।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको थियो । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।