प्रचण्ड पत्नि सीता दाहालको मेडिसिटी अस्पतालको आइसीयूमा उपचार हुँदै (भिडिओ) – Nepal Press

प्रचण्ड पत्नि सीता दाहालको मेडिसिटी अस्पतालको आइसीयूमा उपचार हुँदै (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई मेडिसिटी हस्पिटलको आइसीयूमा राखिएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

वुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै सीतालाई आकस्मिक रुपमा अस्पताल लान परेकाले अध्यक्ष प्रचण्ड कार्यक्रममा आउन नसकेको बताए ।

उनले भने, ‘आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नुभएन । हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका भयो । उहाँ अहिले मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ ।’

प्रचण्ड पत्नि दाहाल पछिल्लो केही वर्षयतादेखि अस्वस्थ छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *