संखुवासभाको शिवधारा सम्मुखको सुन्दर याङ्ले खर्क (तस्बिरहरु) – Nepal Press

संखुवासभाको शिवधारा सम्मुखको सुन्दर याङ्ले खर्क (तस्बिरहरु)

संखुवासभा । संखुवासभाको उत्तरी पालिका मकालु गाउँपालिका-२ मा रहेको याङ्लेखर्क सोलुखुम्बुको नाम्चे बजार भन्दा अग्लो छ। ३६ सय मिटर उचाईको याङ्लेखर्क संखुवासभाको प्रसिद्ध धार्मिक धाम शिवधाराको आधार शिविर पनि हो।

शिवधारा जानेहरू यहीँबाट करिब ५/६ घण्टाको भिरमा फेरो लाएर शिवधाराका दुई गुफाहरु शिवगुफा र पार्वतीगुफा  साथै गणेश क्षेत्र भ्रमण गर्छन् । संखुवासभा सदरमुकाम खादबारीबाट नुम सडकमा यात्रा गरेर नुमबाट पैदलमार्गमा याङ्लेखर्क पुगिन्छ ।

नुम-सेदुवा-टासीगाउँ-खोङ्मा-दोबाटो-फेमाताङ हुँदै याङ्लेखर्क पुगिन्छ । सामान्यतया एक हप्तामा यात्रा सकिनेमा स्थानीयले अझ छिटो र कम हिड्नेलाई केही बिलम्ब हुनसक्छ ।

दोबाटोका स्थानीय टिहाउस संचालक दावा छिरिङका अनुसार शिवधारा जाने सबैको मुख्य स्टेसन याङ्लेखर्क हो। त्यहाँबाट थप तीन दिन उकालो लाग्दा मकालु आधार शिविरसम्म पुग्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर