जावलाखेलमा फूलहरूको प्रतिस्पर्धा (तस्बिरहरू) – Nepal Press

जावलाखेलमा फूलहरूको प्रतिस्पर्धा (तस्बिरहरू)

काठमाडौं । १५औँ गोदावरी पुष्प मेला तिहारको छेक पारेर बिहीबारदेखि ललितपुरस्थित जावलाखेलको खेल मैदानमा सुरू भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि ४ दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरू भएको हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा गोदावरी फूलको व्यवसायिक विस्तार तथा विकास गर्ने उद्देश्यले पुष्प प्रदर्शनी गरिँदै आएको हो । मेलाले गोदावरीलगायत विभिन्न फूलको व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउ पुर्‍याउने एशोसिएसनले जनाएको छ । मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष छन् ।

प्रदर्शनीमा राखिएको स्टलहरुबाट पहिलो भएको सम्झना नर्सरीले सर्वोत्कृष्ट उत्कृष्ट रिफ्लेक्स, उत्कृष्ट स्पाइडर र उत्कृष्ट इस्टलको पुरस्कार जितेको छ । यस्तै दोस्रो भएको थापा नर्सरी उत्कृष्ट इन्क्रपतर्फको पुरस्कार जितेको छ । यसैगरी तेस्रो भएको टी आर आर बंगलामुखी नर्सरीले उत्कृष्ट मिनेचरतर्फको पुरस्कार जितेको छ ।

मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, इन्डोर प्लान्टहरूको साथै बीउबिजन र कृषि औजारहरू पनि राखिएको छ ।

पुष्प मेलामा ३७ हजार सर्वसाधारण अवलोकनका लागि आउने आयोजक संस्था फ्यानका उपाध्यक्ष सिताराम पन्तले बताए । उनका अनुसार मेलामा ८० लाखभन्दा बढी फूलको व्यापार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर