आजबाट ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु, के चलचित्रबाट बाहिरिएलान् अनुभव ? – Nepal Press

आजबाट ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु, के चलचित्रबाट बाहिरिएलान् अनुभव ?

काठमडाौं । नेपाली सिने क्षेत्रको बहुप्रतिक्षित मानिएको चलचित्र ‘नाई नभन्नु ल ६’ को आजबाट छायांकन सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट छायांकन सुरु गरिएको हो । छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व उप्रेती र एभलिना खड्काको दृश्य खिचिएको छ । आंचलको भने तिहारपश्चात सुट सुरु हुनेछ ।

विकास राज आचार्यको निर्देशन तथा निर्माणमा तयार हुन लागेको चलचित्रमा अभिनेत्री आंचल शर्मा र नायक आशीर्वाद क्षेत्री मुख्य भूमिकामा देखिने छन् । आशीर्वादको यो डेब्यु चलचित्र हो । बालकलाकारको भुमिकामा भने अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व उप्रेतीले डेब्यु गर्दै छन् ।

चलचित्रको दोश्रो शृंखलादेखि बाल कलाकारको रुपमा देखिएका अनुभव रेग्मीको उमेर बढेकाले उनी बालकलाकारको भूमिकाबाट बाहिरिएका थिए । तर ‘नाई नभन्नु ल ६’ मा अनुभवको केमियो भूमिका भने रहनेछ । चलचित्रमा तीन पुस्ताको प्रेमकहानी देखाइने छ । आशीर्वादको बाल्यकालको भूमिकामा अथर्व देखिन लागेका हुन् । अथर्वको जोडीको रुपमा टिकटकमा भाइरल रहेकी एभलिना खड्कालाई देख्न सकिनेछ । एभलिनाको पनि यो डेब्यु चलचित्र हो ।

त्यसैगरी, आशीर्वादको किशोर अवस्थाको भूमिकामा अनुभव रेग्मी देखिने छन् । चलचित्रमा अनुभवलाई योगीस खत्रीले साथ दिँदैछिन् । काठमाडौंसहित झापामा समेत छायांकन हुने चलचित्राई पुरुषोत्तम प्रधानले खिच्नेछन् । अर्को वर्ष रिलिज हुने चलचित्रलाई निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *