नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण (भिडिओ) – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण (भिडिओ)

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । पोखरा रंगशालास्थित कोर्टमा बिहीबार स्वर्णका लागि भएको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।

एपीएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट भने २७-२५ ले जितेको थियो । तेस्रो सेट २६-२४ ले जित हात पारेर एपीएफले स्वर्ण पक्का गरेको हो । नेपाल पुलिस क्लबले कास्य पदक जितेको थियो ।

कास्य पदकका लागि बिहीबार नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो । पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५-१८ ले जित हात पारेर पुलिसले कास्य पदक जितेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *