भोजपुरका पत्रकार सन्देश किरातीको निधन
नेपाल प्रेस
२०७९ कार्तिक ३ गते १६:३५
भोजपुर । भोजपुरका पत्रकार सन्देश किरातीको अल्पायुमै निधन भएको छ । केही दिनयता धरानस्थित घोपा क्याम्पमा उपचाररत किरातीको आज दिउँसो निधन भएको हो ।
नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्षसमेत रहेका किराती रेडियो भोजपुरका स्टेशन म्यानेजर पनि हुन् । किराती विगत केही समयदेखि दम, सुगरलगायतका रोगबाट पीडित थिए । उनकी श्रीमती शारदा तामाङ उनी पनि पत्रकारिता पेशामा संलग्न छिन् ।
पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले किरातीको मृत्युले जिल्लाको सञ्चारक्षेत्रमा अपुरणीय क्षति भएको बताए ।
‘अन्तिम बिदाईलगायतका विषयमा परिवारसँग छलफलमा छौं’, अध्यक्ष राईले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर