अपूर्व क्षितिजलाई साढे २ लाख धरौटीमा छाड्न अदालतको आदेश – Nepal Press

अपूर्व क्षितिजलाई साढे २ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । कमेडिमार्फत नेवारी समुदायमाथि आँच पुर्‍याएको आरोपमा पक्राउ परेका अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले थुनछेकको बहसपछि बिहीबार उक्त आदेश गरेको हो। अपूर्वसँग २ लाख ५० हजार रुपैयाँ धरौटी मागिएको छ।

क्षितिजविरुद्ध चारवटा कसुरमा मंगलबार मुद्धा दर्ता भएको थियो । युट्युबमा अपलोड भएको भिडियोलाई लिएर आलोचना भएपछि अपूर्वले माफी माग्दै त्यसलाई हटाएका थिए । यद्यपी जाहेरी परेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर