फिल्म खिचिएको ल्वाङ गाउँका स्थानीयले हेरे ‘२ नम्बरी’ – Nepal Press

फिल्म खिचिएको ल्वाङ गाउँका स्थानीयले हेरे ‘२ नम्बरी’

काठमाडौं । असोजको २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । तेश्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मले राम्रो शोज पाइरहेको छ ।

दुई सातामा सुखद कमाई गरेको फिल्मलाई दर्शकले पनि माया दिइरहेका छन् । यसैबीच, यो फिल्मका मेकरले ल्वाङ गाउँमा पुगेर फिल्म देखाएका छन् । यो फिल्म कास्कीको ल्वाङ गाउँमा खिचिएको हो ।

तर, यो गाउँका बासिन्दाले हल नभएका कारण फिल्म हेर्न पाएका थिएनन् । ल्वाङ गाउँका २ सय भन्दा बढी स्थानीयलाई प्रोजेक्टरबाट फिल्म देखाइएको हो ।

फिल्मको शोजका लागि निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका छन् । फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए ।

उनले भने–‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो ।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्शन गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर