गठबन्धनले नजिते राजनीतिक स्थिरता नहुने प्रकाशमानको दाबी (भिडिओ) – Nepal Press

गठबन्धनले नजिते राजनीतिक स्थिरता नहुने प्रकाशमानको दाबी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताविना विकास निर्माण सम्भव नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना राखेको उल्लेख गरे ।

सिंहले भने, ‘देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैन । राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्छ । त्यसैले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आवश्यक छ ।’

नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको चाहना गरेको बताए । अस्थिरता भइरहे विकास निर्माणको कुरा काल्पनिक हुन जाने टिप्पणी गरे ।

राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्न गठबन्धन बनेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर